प्रकाशित मिति : मंसिर ९, २०८२ मंगलबार

एल्भिस प्रेस्लीको कपालजस्तो विग लगाएर अदालत सञ्चालन गरेको आरोपमा अमेरिकामा एकजना न्यायाधीशलाई कारवाही गरिएको छ।
सेन्ट चार्ल्स काउन्टीका सबैभन्दा लामो अवधिसम्म सर्किट न्यायाधीश रहेका म्याथ्यू ईपी थरनहिललाई कारवाही गरिएको हो। न्यायाधीशलाई कारबाही भएपछि मिसौरीको अदालतमा हलचल मच्चिएको छ। उनले कारवाहीको सिफारिस भएपछि राजीनामा दिएका छन्।
न्यायाधीश थरनहिलले आफूलाई ‘एल्भिस प्रेमी’ भनेर वर्णन गर्ने गरेका छन्। तर रक एन रोलका राजाप्रति उनको अत्यधिक प्रेमका कारण उनलाई बारम्बार “असङ्गत” एल्भिस सन्दर्भहरू अदालतमा प्रयोग गरेको भन्दै अनुशासन आयोगले निलम्बनको माग गरेको थियो।
मिसौरीका न्यायाधीशहरूको निवृत्ति, हटाइने वा अनुशासन आयोगको प्रतिवेदनअनुसार उनी अक्टोबर ३१ मा अदालतमा काम गर्दा एल्भिसको विग लगाउने गरेका देखिएका छन्।
प्रतिवेदनमा न्यायाधीश थरनहिललाई एल्भिसको कालो पोम्पाडोर हेयरस्टाइल र चस्मासहित बेन्चमा बसेका तस्बिरहरूमा देखाइएको छ।
छानबिन प्रतिवेदनका अनुसार, उनले अदालत चलेको बेला एल्भिसको जन्म, मृत्यु वा गीतहरूको बोल समेत उल्लेख गर्ने गर्थे।
उनले एल्भिस बस्ने र अन्त्येष्टि गरिएको ग्रेसल्यान्डमा १३ पटक भ्रमण गरेको स्थानीय सञ्चार माध्यमलाई बताएका थिए।
आयोगले थरनहिलले “अदालतमा शिष्टता र अनुशासन कायम गर्न असफल भएको” ठहर गर्दै उनलाई ६ महिनासम्म तलबरहित निलम्बन, त्यसपछि १८ महिना सेवा र त्यसपछि अवकाशको सिफारिस गरेको थियो।
थरनहिलले यी आरोपहरूलाई अस्वीकार गरेनन्, र ती “मूलतः सही” भएको स्वीकार समेत गरेका छन्।
उनले आफ्नो गल्ती स्वीकार गर्दै आयोगले तय गरेका शर्तहरू मान्न तयार भएको बताए।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
उपहार प्रदान गर्न क्लीक गर्नुहोला
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
मासिक डोनेसन गर्न यहाँ क्लिक गर्नुहोस्
