अमेरिकामा उमेश दाहालको हत्या प्रकरणमा थप २ नेपालीभाषी हिराशतमा, तीनैजनाविरुद्ध हत्या अभियोग

अमेरिकामा उमेश दाहालको हत्या प्रकरणमा थप २ नेपालीभाषी हिराशतमा, तीनैजनाविरुद्ध हत्या अभियोग



प्रकाशित मिति : असार ३१, २०८१ सोमबार

अमेरिकामा उमेश दाहालको हत्या प्रकरणमा थप २ नेपालीभाषी हिराशतमा, तीनैजनाविरुद्ध हत्या अभियोग

अमेरिकाको टेनेसीको नासभिलमा ४१ बर्षको उमेश दाहालको हत्या प्रकरणमा थप दुईजना नेपालीभाषी हिराशतमा पुगेका छन् । अब यो मुद्दामा हिराशतमा पुग्नेको संख्या तीन पुगेको छ ।

प्रहरीले घटनामा संलग्न भएको अभियोगमा २४ वर्षीय रोशन सुब्बा–लावती र २२ वर्षीय किशोर तामाङलाई पक्राउ गरेर मुद्दा चलाएको जनाएको छ । लावतीलाई प्रहरीले नै पक्राउ गरेको थिषे भने तामाङ आफू वान्टेडमा रहेको थाहा पाएपछि सोधपुछका लागि आत्मसमर्पण गरेका थिए ।

ती पुरुषहरू उमेशमाथि हमलामा संलग्न रहेको आरोप छ। दुबै जना अहिले प्रहरी हिरासतमा छन् र प्रत्येकलाई आपराधिक हत्याको अभियोग लगाइएको छ।

अर्का अभियुक्त २६ बर्षीय विशाल राईलाई विहिबार अदालतमा पेश गरिएको थियो । आगामी बुधबार पनि अदालतमा पेश गर्ने तालिका रहेको छ । जुन २९ शनिबार नासभिलमा मन्त्र ब्याण्डको लाइभ कन्सर्टका क्रममा भएको झगडा मिलाउन खोज्दा आक्रमणमा परेका दाहालको तीनदिनपछि  मृत्यु भएको थियो ।

राईले दाहालको टाउकोमा लात्तिले हानेपछि दाहालको टाउकोमा गहिरो चोट लागेको थियो । नासभिलको अदालतको रेकर्ड अनुशार राईलाई बुधबार तेश्रोपटक अदालतमा पेश गरिने छ । यस अगाडि जुलाई ३ र १४ मा अदालतमा पेश गरिएको थियो ।

अमेरिकामा उमेश दाहालको हत्या प्रकरणमा थप २ नेपालीभाषी हिराशतमा, तीनैजनाविरुद्ध हत्या अभियोग

आक्रमणकारी विशाल राईलाई  जुलाई १ सोमबार नै प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले आक्रमणकारीका रुपमा राईलाई पहिचान गरेपछि घटनास्थल टप गल्फबाट १४ माइल दक्षिणपूर्वमा रहेको एन्टिओकस्थित घरबाट पक्राउ गरिएको थियो । राईलाई सुरुमा उत्तेजित आक्रमणको आरोप लगाइएपनि उमेशको मृत्यु पछि उक्त अभियोग आपराधिक हत्यामा अपग्रेड गरिएको छ ।

उमेश दाहाल नासभिलमा रहेको टप गल्फको तल्लो तहमा नेपाली समुदायका अन्य सदस्यहरूसँग सांगितकि कार्यक्रममा भाग लिइरहेका बेला कार्यक्रमस्थलमा हिंसात्मक झगडा भएको थियो । उक्त कन्सर्ट टप गल्फको तल्लो तहमा ६३५ व्यक्ति क्षमताको लाइभ प्रदर्शन स्थल द कावानमा आयोजना गरिएको थियो । मानिसहरू झगडा गर्दै बाहिर पार्किङ स्थलमा पुगेका थिए ।

त्यसपछि उमेशले विवादलाई मिलाउन खोज्दा उनीमाथि नै मुक्का प्रहार गरिएको थियो । त्यसपछि उनी लडेर कंक्रिटमा टाउको ठोक्किएको थियो । भुइँमा लडिरहेका बेला उमेशको टाउकोमा राईले लात हानेको जनाइएको छ । जसका कारण उनी सख्त घाइते भएपछि उपचारका क्रममा मृत्यु भएको थियो ।उ मेश दाहालको शनिबार अन्त्येष्टी गरिएको छ ।  मृतक उमेश दाहाल २ बच्चाका पिता हुन् । उनी नेपालको झापाबाट अमेरिका आएका हुन् ।

अमेरिकामा उमेश दाहालको हत्या प्रकरणमा थप २ नेपालीभाषी हिराशतमा, तीनैजनाविरुद्ध हत्या अभियोग

न्यायिक आयुक्तले राईलाई सुनुवाई नहुँदासम्म धरौटी विना नै थुनामा राख्न आदेश दिएको छ । राईलाई नासभिल डाउनटाउन डिटेन्सन सेन्टरमा राखिएको छ भने रिहाइको लागि योग्य नभएको जनाइएको छ । जेल रेकर्ड अनुशार राईको मामला इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसमा समेत पठाइएको छ ।

उनीमाथि गत वर्ष पनि जघन्य आक्रमण र घाँटी थिचेको अभियोग लगाइएको थियो । तर अदालतको अभिलेख अनुसार मुद्दा खारेज भएको देखिएको छ ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School