अमेरिकामा आप्रवासी दर्ताका लागि करिब ४७ हजार निवेदन प्राप्त, यसरी जाँच्नुहोस् दर्ता गर्न पर्ने/नपर्ने



प्रकाशित मिति : बैशाख १६, २०८२ मंगलबार

अमेरिकामा आप्रवासी दर्ताका लागि करिब ४७ हजार निवेदन प्राप्त, यसरी जाँच्नुहोस् दर्ता गर्न पर्ने/नपर्ने

युएससीआईएसले अप्रिल २९ सम्म आप्रवासी दर्ताका लागि करिब ४७ हजार निवेदन प्राप्त गरेको जनाएको छ, जुन मार्चमा कार्यक्रम सुरु भएपछिको तथ्याङ्क हो। ट्रम्प प्रशासनको पहिलो १०० दिनको प्रतिवेदनमा युएससीआईएसले प्रगति विवरण सार्वजनिक गर्दै ४७ हजारले निवेदन दिएको जनाएको हो।

राष्ट्रिय सुरक्षालाई सुदृढ पार्न, जवाफदेहिता प्रवर्द्धन गर्न र कानूनको शासन कायम राख्न आप्रवासी दर्ता आवश्यकता सुरु गरेको युएससीआईएसको भनाइ छ। अध्यागमन निकायहरूलाई अमेरिकामा आप्रवासीहरूको उपस्थिति ट्र्याक गर्न, उनीहरूको आपराधिक रेकर्ड भएमा त्यसको समीक्षा गर्न र उनीहरूको गतिविधिहरूबारे जानकारी राख्न यो कार्यक्रम ल्याइएको युएससीआईएसको भनाइ छ।

युएससीआईएसले दर्ता गर्न आवश्यक भए नभएको जाँच्ने उपकरणको समेत विकास गरेको छ। यो उपकरणले आप्रवासीहरूलाई विशेष प्रश्नहरू मार्फत मार्गदर्शन गर्छ र उनीहरूले आप्रवासी दर्ता फारम पेश गर्नुपर्ने हो कि होइन निर्धारण गर्न मद्दत गर्छ।

अमेरिकामा आप्रवासी दर्ताका लागि करिब ४७ हजार निवेदन प्राप्त, यसरी जाँच्नुहोस् दर्ता गर्न पर्ने/नपर्ने

अमेरिकामा आप्रवासी दर्ताका लागि करिब ४७ हजार निवेदन प्राप्त, यसरी जाँच्नुहोस् दर्ता गर्न पर्ने/नपर्ने

आप्रवासी दर्ता गर्नु नपर्ने वा नपर्ने जाँच गर्नका लागि यो लिंकमा क्लीक गरेर दिइएका प्रश्नको जवाफ दिनुहोला ।’डु आई निड टु रजिष्ट्रर’मा क्लीक गरेर जाँच्न सकिने छ ।

युएससीआईएसले आफूसँग दर्ता भएका आप्रवासीहरूलाई बायोमेट्रिक सूचना पठाउन सुरु गरिसकेको छ। यस नियमअनुसार दर्ता भएका आप्रवासीहरूले आफ्नो औंठाछाप, फोटो र अन्य बायोमेट्रिक विवरणहरू पेश गर्नुपर्नेछ। यो प्रक्रिया कार्यान्वयनमा ल्याउन युएससीआईएसले हालै दर्ता भएका आप्रवासीहरूलाई बायोमेट्रिकका लागि सूचना पठाउन सुरु गरेको हो।

यी सूचनाहरू प्राप्त गर्ने आप्रवासीहरूलाई तोकिएको मिति र स्थानमा उपस्थित भई आफ्नो बायोमेट्रिक विवरण उपलब्ध गराउनुपर्नेछ। यदि कुनै आप्रवासीले यो नियमको पालना नगरेमा वा तोकिएको समयमा बायोमेट्रिक सूचना पेश गर्न असफल भएमा उनीहरूलाई दण्ड वा अन्य कानुनी कारबाहीको सामना गर्नुपर्ने चेतावनी पनि दिइएको छ।

युएससीआईएसले मार्च १२, २०२५ मा फेडरल रजिस्टरमा प्रकाशित अन्तरिम अन्तिम नियमअनुसार आप्रवासन र राष्ट्रियता ऐन अन्तर्गत दर्ता गर्नुपर्ने व्यक्तिहरूले नयाँ एलियन रजिष्ट्रेशन फारम जी ३२५ आर भर्नुपर्ने प्रावधान ल्याएको थियो। अवैध रूपमा प्रवेश गरेका, क्यानाडाबाट घुम्न आएका तर आई ९४ नपाएका र १४ वर्ष पुगेका बालबालिकाहरूले ३० दिनभित्र दर्ता गर्नुपर्छ। १४ वर्षभन्दा माथिका ३० दिनभन्दा बढी अमेरिकामा बस्ने व्यक्तिले दर्ता गर्नुपर्ने र फिंगरप्रिन्ट दिनुपर्ने नियममा उल्लेख छ। कसैले जानाजानी दर्ता नगरे वा फिंगरप्रिन्ट नदिए ५ हजार डलरसम्मको जरिवाना वा ६ महिनाको जेल सजाय, वा दुवै सजाय हुनसक्नेछ।

दर्ताका लागि व्यक्तिहरूले माई युएससीआईएस पोर्टलमा खाता खोल्नुपर्नेछ र फारम जी ३२५ भर्नुपर्नेछ। यो फारम हाल निःशुल्क छ। यसलाई बुझाएपछि युएससीआईएसको एप्लिकेसन सपोर्ट सेन्टरमा बायोमेट्रिक्स अपोइन्टमेन्ट प्राप्त हुनेछ। बायोमेट्रिक्स अपोइन्टमेन्टमा व्यक्तिको फिंगरप्रिन्ट, फोटो र हस्ताक्षर लिइनेछ, जसले उनीहरूको पहिचान प्रमाणित गर्न र संघीय अनुसन्धान ब्युरो एफबीआईको आपराधिक इतिहास रेकर्ड जाँच गर्न सहयोग गर्छ।

अमेरिकामा आप्रवासी दर्ताका लागि करिब ४७ हजार निवेदन प्राप्त, यसरी जाँच्नुहोस् दर्ता गर्न पर्ने/नपर्ने

बायोमेट्रिक्स प्रक्रिया पूरा भएपछि युएससीआईएसले दर्ता प्रमाणपत्र जारी गर्नेछ, जुन व्यक्तिले युएससीआईएसको खातामार्फत डाउनलोड गर्न सक्नेछन्। १८ वर्ष वा सोभन्दा माथिका व्यक्तिले यो प्रमाणपत्र सधैँ साथमा बोकेर हिँड्नुपर्नेछ। यदि बोकेनन् भने ५ हजार डलर जरिवाना वा ३० दिनको जेल सजाय हुन सक्ने प्रावधान रहेको छ।

यो नियमबाट आई ९४ जारी नभएका क्यानाडाबाट स्थल मार्ग हुँदै अमेरिका छिर्ने व्यक्तिहरू पनि प्रभावित हुन्छन्। तर, क्यानडामा जन्मिएका अमेरिकी आदिवासीहरूलाई भने यो नियम लागु हुँदैन।

हाललाई फारमको दर्ता र बायोमेट्रिक्स निःशुल्क भए पनि भविष्यमा फिंगरप्रिन्ट, पृष्ठभूमि जाँच र अन्य सेवाहरूको लागत उठाउन ३० डलरको बायोमेट्रिक्स शुल्क लगाउने युएससीआईएसले प्रस्ताव गरेको छ।

यो नियमले २ दशमलव २ मिलियनदेखि ३ दशमलव २ मिलियन व्यक्तिलाई प्रत्यक्ष प्रभाव पार्ने युएससीआईएसको अनुमान छ। यो नियम जनवरी २०, २०२५ मा राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको कार्यकारी आदेश १४१५९ अनुसार लागू गरेको हो, जसले विदेशी दर्ता नियमको कडाइका साथ कार्यान्वयन सुनिश्चित गर्छ।





Source link

Leave a Comment