अमेरिकामा आईटी इन्जिनियर थिए रुपेन्द्र, जुवा र क्रिप्टो कारोबारको आरोपमा घरबाटै समातिए



प्रकाशित मिति : फाल्गुन २७, २०८१ मंगलबार

अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबार, अनलाइन जुवा र सट्टाबाजी गरेको आरोपमा अमेरिकामा बस्दै आएका रूपेन्द्र जिसीसहित ५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले पर्वतको जलजला गाउँपालिका–३ घर भई पोखरा महानगरपालिका–१४ बस्ने ३१ वर्षीय जिसीसहित ५ जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका जिसी १० वर्षदेखि अमेरिकामा बस्दै आएका थिए । उनी एक महिना अघि मात्रै बिदामा नेपाल आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार उनी अमेरिकामा आइटी इन्जिनियरको रूपमा कार्यरत थिए ।

पोखरा महानगरपालिका–१४ अनुपम टोलस्थित जिसीको साढे तीन तल्ले घरमा शङ्कास्पद गतिविधि भइरहेको भन्ने सूचनाको आधारमा गत शुक्रबार नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नियन्त्रणमा  लिएको हो ।

अमेरिकामा आईटी इन्जिनियर थिए रुपेन्द्र, जुवा र क्रिप्टो कारोबारको आरोपमा घरबाटै समातिए

अमेरिकामा आईटी इन्जिनियर थिए रुपेन्द्र, जुवा र क्रिप्टो कारोबारको आरोपमा घरबाटै समातिए

पक्राउ पर्नेमा म्याग्दी बेनी नगरपालिका–५ घर भएका ३३ वर्षीय विक्रम बानियाँ, बेनी नगरपालिका–२ घर भएका २२ वर्षीय सज्जन घिमिरे, म्याग्दी रघुगंगा गाउँपालिका–२ घर भएका १९ वर्षीय रोजन केसी र २८ वर्षीय सन्दीप कटुवाल समेत रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट ३१ थान मोबाइल, २ थान कम्प्युटर मनिटर, ३ थान सिपियु, ४ थान ल्याप्टप, १ थान आई प्याड, २ थान किबोर्ड, १ थान माउस, ४ थान राउटर, ३ थान पेनड्राईभ, १ थान हार्डडिक्स, ११ थान चार्जर र ७२ हजार ५ सय रुपैयाँ नगद बरामद गरेको छ ।

उनीहरूले ह्वाट्सएप, टेलिग्राम, क्यास एपलगायत एप्लिकेसनहरु मार्फत तीस करोड बराबरको कारोबार गरेको पाइएको कास्की प्रहरीले जनाएको छ । उनीहरूले आफन्तको नाममा विभिन्न बैङ्क खाताहरू खोली कारोबार गरेको समेत प्रहरी अनुसन्धानबाट खुलेको छ ।





Source link

Leave a Comment