प्रकाशित मिति : पुस ११, २०८२ शनिबार

अमेरिकामा हिउँदे आँधीका कारण हजारौँ उडानहरू रद्द भएका छन्। जाडो मौसममा आएको ‘डेभिन’ नामक आँधीका कारण हवाई यातायात सेवा नराम्ररी प्रभावित भएको हो। उडान अनुगमन वेबसाइट ‘फ्लाइट अवेयर’ का अनुसार व्यस्त बिदाको समयमा यस आँधीले हवाई यात्रामा ठूलो अवरोध पुर्याएको छ।
फ्लाइट अवेयरका अनुसार, शुक्रबार अपराह्नसम्म अमेरिकाभित्र हुने, अमेरिका भित्रिने वा बाहिरिने गरी कुल १,५८१ उडान रद्द भएका छन् भने ६,८८३ उडान ढिला भएका छन्। फ्लाइट अवेयरले आफूलाई विश्वकै सबैभन्दा ठूलो उडान ट्र्याकिङ डाटा कम्पनी दाबी गर्ने गरेको छ।
अमेरिकी राष्ट्रिय मौसम सेवा ले आँधीका कारण “यात्रा अत्यन्त जोखिमपूर्ण” हुने भन्दै मिडवेस्ट तथा उत्तर-पूर्वी क्षेत्रमा भारी हिमपातको चेतावनी दिएको छ। सोही चेतावनीकै बीच यी उडानहरू रद्द र ढिलाइ भएका हुन्। अमेरिकी अधिकारीहरूका अनुसार शुक्रबार ४ करोडभन्दा बढी नागरिक जाडो आँधीसम्बन्धी चेतावनी वा मौसम परामर्शको घेरामा रहेका थिए।
यसैगरी, क्यालिफोर्नियामा करिब ३ करोड मानिस बाढी वा आँधीको जोखिममा रहेका छन्। त्यहाँ ‘एटमोस्फेरिक रिभर’ का कारण भारी वर्षा भएको छ। अमेरिकाको सबैभन्दा ठूलो सहर न्युयोर्कमा शुक्रबार रातभरि १० इन्चसम्म हिउँ पर्ने अनुमान गरिएको थियो, जुन पछिल्ला चार वर्षयताकै उच्च हुने अपेक्षा गरिएको छ। क्यानडाबाट आउने ‘आर्कटिक’ चिसो हावाका कारण यो साता तापक्रम अझै घट्ने पूर्वानुमान छ।
न्युयोर्कका जोन एफ. केनेडी, नेवार्क लिबर्टी र लागार्डिया विमानस्थलले यात्रुहरूलाई उडान रद्द वा ढिलाइ हुन सक्ने भन्दै सतर्क रहन सूचित गरेका छन्। एयरलाइन्सतर्फ जेट ब्लु ले शुक्रबार २२५ उडान रद्द गरेको छ, जुन अमेरिकी एयरलाइन्समध्ये सबैभन्दा धेरै हो।
अमेरिकाको पश्चिमी तटमा सक्रिय शक्तिशाली आँधीका कारण दक्षिणी क्यालिफोर्नियामा ५४ वर्षयताकै चिसो क्रिसमस महसुस गरिएको छ। लस एन्जलस वरपर वर्षा केही कम भए पनि अचानक आउने बाढी र पहिरोको जोखिम कायमै रहेको भन्दै राष्ट्रिय मौसम सेवाले चेतावनी दिएको छ।
अधिकारीहरूका अनुसार लस एन्जलस काउन्टीमा अग्नि नियन्त्रकहरूले हालसम्म १०० भन्दा बढी मानिसको उद्धार गरिसकेका छन्।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
उपहार प्रदान गर्न क्लीक गर्नुहोला
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
मासिक डोनेसन गर्न यहाँ क्लिक गर्नुहोस्