अमेरिकाबाट तेस्रो देशका आप्रवासीलाई देशनिकाला गरेर युरोप र अफ्रिका पठाइँदै



प्रकाशित मिति : मंसिर २९, २०८२ सोमबार

अमेरिकाबाट तेस्रो देशका आप्रवासीलाई देशनिकाला गरेर युरोप र अफ्रिका पठाइँदै

अमेरिकी सरकारले देशनिकाला गरेका तेस्रो देशका नागरिकहरुलाई युरोपेली तथा अन्य राष्ट्रहरुले स्वीकार गर्न थालेका छन् । ट्रम्प प्रशासनले पक्राउ गरी निष्काशन गरिएका उनीहरुलाई ती देशहरुले स्वीकार गर्नेछ भने त्यसको बदलामा अमेरिकाले आर्थिक सहायता तथा प्रतिबन्धबाट उन्मुक्ति, अतिरिक्त ट्यारिफमा छुट सुविधाहरु दिएको छ ।

अमेरिकाबाट देशनिकाला गरिएकाहरुलाई स्वीकार गर्न थालिएको युरोपेली देश कोसोभोले आधिकारिक घोषणा गरेको छ । घाना, रुवान्डा, एस्वातिनी जस्ता देशहरुले पनि अमेरिकाबाट निष्काशनमा परेका तेस्रो देशका आप्रवासी स्वीकार गर्न थालिएको जानकारी दिएका छन् ।

कोसोभोका प्रधानमन्त्री अल्बिन कुर्तीले यसबारे पुष्टि गर्दै हालसम्म एक दुई जना मात्र आइपुगेको बताए । ती कुन देशका हुन् भन्नेबारे भने उनले अनभिज्ञता प्रकट गरे । “हामी उनीहरुलाई स्वीकार गरिरहेका छौँ, जसलाई अमेरिकाले आफ्नो देशमा राख्न चाहेन,” कुर्तीले भनेका छन् ।

ट्रम्प प्रशासनले निष्काशित हुने व्यक्तिहरुलाई पठाउन अहिलेसम्म पाँच वटा देशहरु इक्वेटोरियल गिनी, एल साल्भाडोर, एस्वातिनी, घाना र रुवान्डालाई भुक्तानी गरिरहेको र थप देशहरुको खोजीमा रहेको छ ।

इक्वेटोरियल गिनीलाई अन्य देशका नागरिक लिनका लागि अमेरिकाले ७.५ मिलियन डलर भुक्तानी गरेको डेमोक्रेटिक सिनेटर जीन शाहीनले बताइन् । त्यस्तै एस्वातिनीले ५ मिलियन डलरभन्दा बढी प्राप्त गरेको छ भने अहिलेसम्म १६० जनासम्म निष्काशितहरूलाई स्वीकार गरेको जनाएको छ।

त्यसैगरी एल साल्भाडोरलाई हालसम्म देशनिकाला गरिएकाहरुलाई स्वीकार गर्न ६ मिलियन डलर भुक्तानी गरिएको छ । यसको पुष्टी ह्वाइट हाउसकी प्रेस सेक्रेटरी कारोलाइन लीभिटले गरेकी हुन् ।

रुवान्डाले पनि एस्वातिनीको जस्तै अन्य देशका नागरिक लिनका लागि सम्झौतामा ७.५ मिलियन डलर प्राप्त गरेको छ। यो रकम आप्रवासन व्यवस्थापन क्षमतालाई सुदृढ गर्न र पुर्वाधारहरु निर्माण गर्न प्रयोग गर्ने सर्त रहेको छ ।

घानाले पनि अमेरिकाको सर्त स्वीकार गर्दै पश्चिम अफ्रिकाका कम्तीमा पनि ४२ जनालाई स्वीकार गरिएको जनाएको छ । आफ्नो देशमाथि अमेरिकाको कम प्रतिबन्ध वा कम ट्यारिफ लगाउने सर्तमा अमेरिकाको सर्त स्वीकार गरेको घानाले जनाएको छ ।

अमेरिकाले देशनिकाला गरिएका तेस्रो देशका नागरिकहरुलाई स्वीकार गर्न प्रस्ताव गरेको थियो । विशेष गरी अफ्रिकी मुलुकका नागरिकहरु रहेको र ती नागरिकहरुलाई घानाले स्वीकार गरेको हो ।

Table of Contents

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।

न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।





Source link

Leave a Comment