अमेरिकाको वासिङ्टन डीसीमा ड्युटीमा रहेका पार्क प्रहरी अधिकारीमाथि गोली प्रहार



प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार

अमेरिकाको वासिङ्टन डीसीमा ड्युटीमा रहेका पार्क प्रहरी अधिकारीमाथि गोली प्रहार

अमेरिकी पार्क प्रहरीका एक अधिकारीलाई ड्युटीका क्रममा दक्षिण पूर्वी वासिङ्टनको क्वीन्स स्ट्रोल प्लेसमा गोली हानिएको छ। गोली प्रहारको समय सोमबार साँझ साढे ७ बजे (स्थानीय समयअनुसार) रहेको पार्क प्रहरीले जनाएको छ। ती अधिकारीको परिचय खुलाइएको छैन ।

अधिकारीलाई घटनास्थलबाट उपचारका लागि स्थानीय अस्पतालमा लगिएको थियो । प्रहरीका अनुसार ती अधिकारीको खतरामुक्त छन् । गोली प्रहारको परिस्थितिबारे अहिले सम्म स्पष्ट जानकारी प्राप्त हुन सकेको छैन।

अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले एक्समार्फत डी.सी. मेयर मुरिएल बाउज र मेट्रोपोलिटन प्रहरी प्रमुख जेफ्री क्यारोलसँग कुरा गरेर घटनाबारे जानकारी लिएको उल्लेख गरेकी छिन् । उनले ती अधिकारीको छिटो स्वास्थ्य लाभको लागि प्रार्थना गर्न जनता समक्ष आग्रह गरेकी छन्।

मेयर मुरिएल बाउजरले पनि विज्ञप्ति जारी गर्दै भनिन्, “सोमबार राति हाम्रो समुदायमा संयुक्त राज्य पार्क प्रहरीका एक सदस्यमाथि गोली प्रहार भएको छ। उनलाई हेलिकप्टरमार्फत स्थानीय अस्पतालमा लगेर उपचार गरिएको छ । खुसीको कुरा, उनको चोट ज्यान जोखिममा पर्ने खालको छैन। हाम्रो प्रार्थना अधिकारीको शीघ्र स्वास्थ्य लाभका लागि छ। हामी हाम्रो सबै कानुन कार्यान्वयन गर्ने अधिकारीहरू र पहिलो प्रतिक्रिया दिने टोलीप्रति आभारी छौँ।”

उनले उक्त घटना अनुसन्धानको चरणमा रहेको थप विवरण उपलब्ध भएपछि सार्वजनिक गरिने उल्लेख गरेकी छिन्  





Source link

Leave a Comment