अमेरिकाको ओहायोमा श्रीमति हत्यामा दोषी रिमालको जेलमै मृत्यु, अदालती कागजातमा के छ?


अमेरिकाको ओहायोमा श्रीमति चन्द्रमाया पौडेल रिमालको हत्याको अभियोग अभियोगमा ग्रान्ड जूरीले दोषी ठहर गरेका नेपाली भाषी जेम्स रिमालको जेलमै मृत्यु भएको छ । उनले आफैले आफ्नो ज्यान लिएको प्रयास गर्दा सख्त घाइते भई अस्पतालमा लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रारम्भिक रिपोर्ट प्राप्त भएपनि उनको मृत्युबारे स्थानीय जेल प्रशासनले भने कुनै विवरण सार्वजनिक गरेको छैन । अप्रिल ५ मा उनलाई अदालतको ग्रान्ड जूरीले श्रीमतीको हत्या गरेको अभियोगमा दोषी ठहर गरेको थियो ।

ग्रयाण्ड जुरीबाट पारित अभियोगहरुबारेको कागजात

अदालतको कागजात अनुशार पनि उनलाई अप्रिल ५ मा ग्रान्ड जूरीले सातवटा अभियोग लगाएको थियो । तर त्यसको ४ दिनपछि भने उनीविरुद्धका सबै अभियोगहरु खारेज गरिएको अदालतको कागजातमा उल्लेख छ । अर्थात् अप्रिल ९ मा उनीविरुद्धका सबै अभियोग खारेज गरिनुले उनको मृत्यु वा बाँच्ने आशा नहुनेगरी घाइते अप्रिल ९ भन्दा अगाडि नै भएको हुनसक्ने अदालतको कागजातबाट देखिएको छ । तर रिमालको नजिकका नातेदारहरुलाई भने उनको मृत्यु जुन ९ मा भएको जानकारी दिइएको थियो ।

अमेरिकाको ओहायोमा श्रीमति हत्यामा दोषी रिमालको जेलमै मृत्यु, अदालती कागजातमा के छ?
अप्रिल ९ को अदालतको कागजात

अप्रिलको पहिलोसाता उनले आफ्नो ज्यान लिने प्रयास गर्दा सख्त घाइते भएको र उपचारका लागि अस्पताल लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले परिवारलाई जानकारी दिएको थियो । त्यसपछि नजिकका नातेदारहरुले शव बुझेर बिहिबार उनको एक्रोनमा दाहसंस्कार गरिएको थियो । उनको मृत्यु कसरी भयो भन्नेबारे प्रहरी वा समिट काउन्टी जेलले कुनै विवरण सार्वजनिक गरेको छैन ।

अमेरिकाको ओहायोमा श्रीमति हत्यामा दोषी रिमालको जेलमै मृत्यु, अदालती कागजातमा के छ?
अप्रिल ८ को मितिमा रहेका कागजातहरु

रिमालविरुद्ध घरेलु हिंशा, प्रहरीलाई झुठो विवरण दिएको, शवको दुरुपयोग गरेको, हत्या, घाँटी थिचेको र प्रमाणसँग खेलवाड गरेको लगायतका सातवटा अभियोगहरु लगाइएको थियो । उनलाई समिट काउन्टी जेलमा राखिएको क्युयाहोगा फल्स प्रहरी विभागले जानकारी दिएको थियो । क्युयाहोगा फल्स निवासी बेपत्ता महिला चन्द्रमाया पौडेल रिमालको शव गत फेब्रुअरीमा जंगलमा फेला परेपछि प्रहरीले उनका पति जेम्स रिमालविरुद्ध हत्याको अभियोग लगाएको हो ।

अमेरिकाको ओहायोमा श्रीमति हत्यामा दोषी रिमालको जेलमै मृत्यु, अदालती कागजातमा के छ?

अमेरिकाको ओहायोमा श्रीमति हत्यामा दोषी रिमालको जेलमै मृत्यु, अदालती कागजातमा के छ?

अमेरिकाको ओहायोमा श्रीमति हत्यामा दोषी रिमालको जेलमै मृत्यु, अदालती कागजातमा के छ?

यी अभियोगहरु पुष्टी भएका रिमाललाई कम्तीमा २५ बर्ष जेल सजाय हुनसक्ने कानुनी प्रावधान रहेको थियो । हत्या अभियोगमा अनिश्चित अवधिको लागि १५ वर्षदेखि आजीवन कारावास, घाँटी थिचेको अभियोगमा ८ बर्षसम्म जेल सजाय, प्रमाणसँग छेडछाड गरेको अभियोगमा ९ महिनादेखि ३ बर्षसम्म जेल सजायको कानुनी प्रावधान छ । त्यस्तै घरेलु हिंशा सम्बन्धि तीन अभियोगहरुमा पहिलोमा ६ महिनासम्म जेल सजाय, प्रहरीलाई झुठो विवरण दिएकोमा ६ महिनासम्म जेल सजाय, शवको दुरुपयोग गरेको अभियोगमा ३ महिनासम्म जेल सजायको कानुनी प्रावधान छ भने त्यो बाहेक जरिवानाको पनि कानुनी प्रावधान छ ।

प्रहरीले चन्द्रमायाको शव फेला पारेपछि जेम्स रिमाललाई पक्राउ गर्न वारेन्ट जारी गरेको थियो । आमाको मृत्यु र बाबु हिराशतमा परेपछि बालबालिकाहरुलाई समिट काउन्टी चिल्ड्रेन सर्भिसले जिम्मा लिएको थियो ।

रिमाल दम्पत्ति दुबैजना नेपालीभाषी भुटानी थिए भने शरणार्थीका रुपमा अमेरिका आएका थिए । उनीहरू आफ्ना तीन छोराछोरीका साथमा पाँच वर्षभन्दा कम समयदेखि क्युयाहोगा फल्स स्थीत आफ्नो घरमा बस्दै आएका थिए ।



Source link

Leave a Comment