अभ्यास खेलमा नेपाल मलेसियासँग पराजित


२ चैत, काठमाडौं । अभ्यास खेलमा नेपाल मलेसियासँग पराजित भएको छ ।

फिफा विश्वकप र एएफसी एसियन कपको संयुक्त छनोट अन्तर्गत बहराइनविरुद्धको खेलअघि नेपालले मलेसियामा खेलेको अभ्यास खेलमा ५-१ ले पराजित भएको हो ।

खेल कूल १४० मिनेट खेलाइएको थियो भने ३५-३५ मिनेटको चार हाफमा खेलाइएको फुटबल एसोसिएसन अफ मलेसियाले जनाएको छ ।

मलेसियाको लागि डारेन लोकले ३१औं र ३५औं मिनेटमा गोल गरे । यस्तै स्टुअर्ट विल्किनले ४६औं, डानिएल टिङले ४८औं तथा मुखाइरी अज्मल माहदीले १३५औं मिनेटमा गोल गरे ।

नेपालका लागि समिर तामाङले एक मात्र गोल फर्काएका थिए । समिर पहिलो पटक नेपालको सिनियर टिममा परेका हुन् ।

विश्वकप छनोटको दोस्रो चरणको समूह बी मा रहेको नेपालले बहराइन विरुद्ध होम एण्ड अवे दुवै म्याच बहराइनमै खेल्नेछ । नेपाल र बहराइनबीच चैत ८  र १३ गते खेल हुनेछ ।

 





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School