अन्ना कोइराला बनिन् मिस नेपाल नर्थ अमेरिका २०२४, रुबी र आदीश्री फस्ट र सेकेण्ड रनरअप

अन्ना कोइराला बनिन् मिस नेपाल नर्थ अमेरिका २०२४, रुबी र आदीश्री फस्ट र सेकेण्ड रनरअप



प्रकाशित मिति : श्रावण २०, २०८१ आईतबार

अन्ना कोइराला बनिन् मिस नेपाल नर्थ अमेरिका २०२४, रुबी र आदीश्री फस्ट र सेकेण्ड रनरअप

मिस नेपाल नर्थ अमेरिका २०२४ को ताज नर्थ क्यारोलाईनाकी अन्ना कोइरालाले पहिरिन सफल भएकी छिन् । शनिबार न्युयोर्कको क्वीन्समा रहेको मेलरोज बलरोममा सम्पन्न फाइनल प्रतिस्पर्धामा रुबी पौडेल फस्ट रनरअप र आदीश्री रेग्मी सेकेण्ड रनरअप भएका छन् ।

फाइनल प्रतिस्पर्धामा भने १८ जना सहभागी भएका थिए । मिनेसोटाकी आयुषा तुलाधर ,टेक्सासकी आदीश्री रेग्मी ,नर्थ क्यारोलाईनाकी अन्ना कोइराला , क्यानडाकी अनु सुबेदी ,न्युयोर्ककी अस्मिता गिरी ,मिसिगनकी अश्मिता तुलाधर ,ओहायोकी दृश्य धिताल ,न्युजर्सीकी ओनिका बानिया ,न्युयोर्ककी प्रिजा राना ,बोस्टनकी रिजा पुरी ,मेरिल्याण्डकी रुबिना गिरी ,मेरिल्याण्डकी रुबी पौडेल , कोलोराडोकी सबिता चौलागाई ,कोलोराडोकी सर्जु थापा ,जर्जियाकी सोफी पोखरेल ,क्यानडाकी स्वीकृति खड्का ,टेक्सासकी सुजन सुनुवार तथा क्यालिफोर्नियाकी उषा शाह फाइनल प्रतिस्पर्धामा सहभागी भए ।

यसपटक निर्णायकमा नायिका आँचल शर्मा ,कलाकार अनुप बिक्रम शाही , नायिका वर्षा राउत , उषा उप्रेती , डा. उदिप श्रेष्ठ , सन् २०२० की मिस नेपाल युनिभर्स अनिश्का शर्मा , मोडल भावना कल्वानी, मोडल तथा कार्यक्रम प्रस्तोता सागरिका श्रेष्ठ, कलाकार मम्पी घोष र २०२२ की मिस नेपाल नर्थ अमेरिकाकी बिजेता प्रतियुशा बोहरा रहेका थिए ।

आयोजक संस्था ड्रिम्स युनिभर्सलका संस्थापक तथा मिस नेपाल नर्थ अमेरिकाका सीईओ  सैलेश श्रेष्ठ हुन् ।  मिस नेपाल नर्थ अमेरिका हरेक वर्ष अगस्त महिनामा हुदै आएको छ ।

यस  प्रतियोगितामा नेपालका पूर्व नेपाल सुन्दरी शृंखला खतिवडा ,पूर्व नेपाल सुन्दरी सदीक्षा श्रेष्ठ, कलाकार प्रियंका कार्की लगायतले  निर्णायकको भूमिका गरिसकेका छन् । गत बर्ष मिस नेपाल नर्थ अमेरिका २०२३ जुबली शेर्पा भएकी थिइन् । यस बर्ष  अन्तिम ग्राण्ड फिनालेको  लागि सिधै १० जना मनोनित गरिएको थियो ।

यस बर्ष पनि मिस नेपाल नर्थ अमेरिकाको लागि २०१० की नेपाल सुन्दरी सदिक्षा श्रेष्ठले कोरियोग्राफरको भूमिका निर्वाह गरेकी छिन्  । त्यस्तै मेन्टर तथा र्याम्प वाक ट्रेनर को रुपमा २०१९ की मिस कस्मोपोलिटन प्रिया रानी लामाले भूमिका निर्वाह गरेकी छिन्  ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School