अनलाइनमार्फत ठगी गरेकाे आराेपमा २ चिनियाँ सहित ४ पक्राउ

अनलाइनमार्फत ठगी गरेकाे आराेपमा २ चिनियाँ सहित ४ पक्राउ


अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको आराेपमा प्रहरीले दुई चिनियाँ सहित चार जनालाई वीरगन्जबाट पक्राउ गरेको छ।

वीरगन्ज महानगरपालिका– १५ स्थित नन्दु पटेलको दुई तल्ले घरमा भाडा लिई अनलाइनको माध्यमबाट ठगी गर्दै आएको विशेष सूचनाको आधारमा शनिबार साँझ ४ बजे पर्सा प्रहरीले छापामारी कम्प्युटर लगायतका सामान बरामद गरेको हो।

घटनास्थलबाट दुई जना चिनियाँ नागरिक र नगवाबाट २ जना गरी ४ जना पक्राउ परेको र अन्यको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए।

‘कम्प्युटरको संख्या बढी छ पूर्ण जानकारी भोलि बिहान दिनेछौं, समानहरू अझ आउने क्रममा छन्’ उनले भने।

प्रकाशित: १७ चैत्र २०८० २०:३५ शनिबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School