अक्टोबर १ देखि अमेरिकाको भिसाका लागि २५० डलर धरौटी, नेपालीले समेत तिर्नुपर्ने



प्रकाशित मिति : भाद्र १४, २०८२ आईतबार

अक्टोबर १ देखि अमेरिकाको भिसाका लागि २५० डलर धरौटी, नेपालीले समेत तिर्नुपर्ने

ट्रम्प प्रशासनले अमेरिकाको भिजिटर लगायतका गैर आप्रवासी भिसाका लागि २५० डलर धरौटी राख्नुपर्ने नियम अक्टोबर १ देखि लागु गर्ने तयारी गरेको छ । ट्रम्प प्रशासनबाट हालै लागू गरिएको वन बिग ब्यूटिफुल बिल एक्टको प्रावधान अनुसार भिसा इंटिग्रिटी शुल्कका नाममा उक्त रकम तिर्नुपर्नेछ।

भिसा छूट कार्यक्रम अन्तरगत विश्वका ४२ देशका नागरिकहरुले ९० दिनसम्म अमेरिकाको भ्रमण गर्दा यो शुल्क तिर्नु नपरेपनि नेपाल लगायत बाँकी अन्य देशका नागरिकले भने यो शुल्क तिनुैपर्नेछ । यो शुल्क १८५ डलर भिसा आवेदन शुल्कका अतिरिक्त हो । अर्थात् भिसा लागेको खण्डमा आवेदकले १८५ डलरका अतिरिक्त २५० डलर तिर्नुपर्नेछ ।

यो शुल्क गैर आप्रवासी भिसा आवश्यक पर्ने सबै आगन्तुकहरूलाई लागू हुने र मिनाहा गर्न नसकिने जनाइएको छ । तर भिसाको नियम उल्लंघन नगर्ने यात्रुहरूले भिसा समाप्त भएपछि भने यो शुल्क फिर्ता पाउन सक्ने जनाइएको छ ।

अक्टोबर १ देखि अमेरिकाको भिसाका लागि २५० डलर धरौटी, नेपालीले समेत तिर्नुपर्ने

अक्टोबर १ देखि अमेरिकाको भिसाका लागि २५० डलर धरौटी, नेपालीले समेत तिर्नुपर्ने

अहिलेका लागि यो शुल्क २५० डलर भएपनि होमल्यान्ड सेक्युरिटी सेक्रेटरीले यो शुल्क बढाउन स्वतन्त्र छन्। हरेक बर्ष यो शुल्क मुद्रास्फीतिका आधारमा समायोजन गरिनेछ। अर्थात् हरेक बर्ष यो शुल्क बढ्दै जाने सम्भावना रहेको छ ।

यो शुल्क गैर आप्रवासी भिसा आवश्यक पर्ने सबै आगन्तुकहरूलाई लागू हुनेछ जसमा पर्यटक र अन्तर्राष्ट्रिय विद्यार्थीहरू लगायत समावेश छन्। भिसा जारी हुँदा नै यो शुल्क तिर्नुपर्नेछ । भिसा आवेदन अस्वीकृत भएकाहरूलाई भने यो शुल्क लाग्ने छैन।

आफ्नो पैसा फिर्ता पाउन भिसा वाहकहरूले भिसाका सर्तहरू पालना गर्नुपर्छ, जसमा अनधिकृत रोजगारी स्वीकार नगर्ने र भिसाको वैधता म्यादका अतिरिक्त ५ दिनभन्दा बढी अमेरिकामा नबिताउने समावेश छ।





Source link

Leave a Comment