लामो समयदेखि कागजातविहीन रहेका यी आप्रवासीलाई कानुनी स्टाटस दिने कदम चाल्दै बाइडेन



प्रकाशित मिति : जेष्ठ २८, २०८१ सोमबार

लामो समयदेखि कागजातविहीन रहेका यी आप्रवासीलाई कानुनी स्टाटस दिने कदम चाल्दै बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले लामो समयदेखि कागजातविहीन रहेका आप्रवासीहरूलाई कानुनी स्टाटस उपलब्ध गराउने प्रमुख कदमबारे विचार गरिरहेको जनाइएको छ । तर यो कार्यक्रम अन्तरगत भने अमेरिकी नागरिकसँग विवाह गरेका लामो समयदेखि कागजातविहीन रहेका आप्रवासीहरूमात्र योग्य हुनेछन् ।

अन्तिम विवरणहरू अझै तय गरिएको छैन । अधिकारीहरूले विद्यमान कानुनी प्राधिकरणको समीक्षा गरिरहेका छन् जसले कागजात नभएका आप्रवासीहरूलाई निर्वासनबाट जोगाउनेछ । उनीहरूलाई ग्रिनकार्डका लागि प्रतिक्षा गरिरहँदा देशमा कानुनी रूपमा काम गर्न अनुमति दिनेछ।

लामो समयदेखि कागजातविहीन रहेका यी आप्रवासीलाई कानुनी स्टाटस दिने कदम चाल्दै बाइडेन
ह्वाइट हाउस । फोटो: खसोखास

नेभाडा र एरिजोनामा आफ्नो चुनावी अभियानको लागि ल्याटिनो भोटहरू आकर्षिक गर्न राष्ट्रपति बाइडेनले नयाँ कार्यकारी आदेशको तयारी गरेका हुन् । नयाँ कार्यकारी आदेशले ८ लाखलाइ प्रत्यक्ष रूपमा प्रभावित पार्नसक्ने जनाइएको छ । यो कार्यक्रम संघीय सरकारको ओबामाकालिन डाका कार्यक्रम पछिको सबैभन्दा ठूलो राहत कार्यक्रममा परिणत हुन सक्छ।

राष्ट्रपति बाइडेनले गैरकानूनी रूपमा सीमा पार गर्ने आप्रवासीहरूलाई शरण खोज्नबाट प्रतिबन्ध लगाउने कार्यकारी आदेश घोषणा गरेपछि यो विषय आएको हो । जसमा सीमा एजेन्टहरूले सामना गर्ने संख्या दैनिक औसत २५ सय भन्दा बढी भएमा सिमानाका बन्द गर्न सकिने प्रावधान छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुसार वर्षौंदेखि औसत दैनिक अवैध क्रसिङले त्यो सीमा नाघेको छ, डिसेम्बरमा यो संख्या दैनिक ८,००० को हाराहारीमा थियो ।





Source link

Leave a Comment