न्यु जर्सीका शहरहरूविरुद्ध अमेरिकी जस्टिस डिपार्टमेन्टले दायर गरेको मुद्दा अदालतद्वारा खारेज



प्रकाशित मिति : १० असार २०८३, बुधबार

brown wooden tool on white surface

फोटो : टिन्गी इन्जुरी ल फर्म

अमेरिकी संघीय अदालतले न्यु जर्सीका चारवटा शहरहरूविरुद्ध अमेरिकी जस्टिस डिपार्टमेन्टले दायर गरेको अध्यागमन सम्बन्धी मुद्दा खारेज गरिदिएको छ। ती शहरहरूले स्थानीय प्रहरीलाई संघीय अध्यागमन अधिकारीहरूसँग सहयोग गर्न रोक लगाउने नीति नियमहरू बनाएका थिए।

नेवारकस्थित अमेरिकी जिल्ला अदालतकी न्यायाधीश एभलिन पाडिनले बुधबार उक्त मुद्दा खारेज गर्ने फैसला सुनाएकी हुन। यो निर्णयसँगै डेमोक्र्याटहरूद्वारा सञ्चालित “स्यान्चुरी सिटी” (शरणस्थान शहर) का नीतिहरूलाई चुनौती दिने राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको प्रयासले फेरि अर्को कानुनी धक्का ब्यहोरेको छ।

जस्टिस डिपार्टमेन्टमे २०२५ मा नेवारक, होबोकेन, जर्सी सिटी, र प्याटर्सन शहरहरूविरुद्ध मुद्दा दायर गरेको थियो। ती शहरहरूले आप्रवासीहरूलाई हिरासतमा राख्ने, संघीय एजेन्टहरूलाई जानकारी नदिने र आवश्यक पहुँचमा रोक लगाएर संघीय कानुन मिचेको आरोप विभागको थियो।

तर न्यायाधीश पाडिनले जस्टिस डिपार्टमेन्टको दाबीमा गम्भीर कानुनी त्रुटि रहेको जनाए। उनका अनुसार सन् २००८ को राज्यव्यापी निर्देशिकाले नै स्थानीय प्रहरीलाई संघीय आइस एजेन्टहरूसँग आवश्यकताभन्दा बढी सहयोग गर्न रोकेकाले शहरहरूलाई मात्रै दोषी देखाउन मिल्दैन।

अदालतको यो निर्णयपछि जर्सी सिटीका मेयर जेम्स सोलोमनले खुसी व्यक्त गर्दै ट्रम्प प्रशासनको हस्तक्षेपविरुद्ध आफ्ना छिमेकीहरूको रक्षा गरिरहने बताए। प्याटर्सन शहरको कानुनी विभागले पनि यो फैसलाले नागरिकप्रतिको प्रतिबद्धतालाई न्याय दिएको बताएको छ।

न्यु जर्सीका शहरहरूविरुद्ध अमेरिकी जस्टिस डिपार्टमेन्टले दायर गरेको मुद्दा अदालतद्वारा खारेज





Source link

Leave a Comment