न्युयोर्कको प्राथमिक चुनावमा ट्रम्पका आलोचकको जित, माम्दानी सफल



प्रकाशित मिति : ९ असार २०८३, मंगलबार

न्युयोर्कको प्राथमिक चुनावमा ट्रम्पका आलोचकको जित, माम्दानी सफल

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प । तस्वीर : जिम वाटसन/एएफपी-रासस

अमेरिकाको न्युयोर्कमा मेयर जोहारन माम्दानीका सहयोगीले जित हासिल गरेका छन्। अमेरिकी कांग्रेस सदस्य ड्यान गोल्डम्यान न्युयोर्कका मेयर जोहारन माम्दानीका निकट सहयोगी ब्राड ल्यान्डरसँग (प्राइमरी) निर्वाचनमा पराजित भएका हुन्। विजयी बनेका ल्यान्डर इजरायल–गाजा युद्धका सन्दर्भमा राष्ट्रपति डोनाल्ड ट्रम्पका कडा आलोचक हुन्।

यो परिणामलाई अमेरिकाको सबैभन्दा ठूलो सहरका डेमोक्रेटिक समाजवादी नेता माम्दानीका लागि ठूलो राजनीतिक सफलताका रूपमा हेरिएको छ।

न्युयोर्कको १०औँ कंग्रेसनल जिल्लामा भएको डेमोक्रेटिक पार्टीको प्राथमिक निर्वाचनमा ब्राड ल्यान्डरले दुई कार्यकालदेखि निर्वाचित हुँदै आएका ड्यान गोल्डम्यानलाई पराजित गरेका छन्। यस निर्वाचनले इजरायल–गाजा युद्धका विषयमा न्युयोर्कभित्र रहेको गहिरो राजनीतिक विभाजनलाई पनि उजागर गरेको छ।

माम्दानीको समर्थन प्राप्त ल्यान्डरले गाजामा इजरायलले “नरसंहार” गरिरहेको आरोप लगाउँदै आएका छन्। अर्कोतर्फ, गोल्डम्यानलाई इजरायल समर्थक विभिन्न समूहहरूको समर्थन प्राप्त थियो।

निर्वाचनमा माम्दानीले समर्थन गरेका कम्तीमा एक जना अन्य उम्मेदवारले पनि आफ्नो प्राथमिक निर्वाचन जितेको बताइएको छ। यसले डेमोक्रेटिक पार्टीभित्रको समाजवादी र मध्यमार्गी धारबीचको राजनीतिक प्रतिस्पर्धा थप तीव्र बन्दै गएको सङ्केत गरेको छ।

न्युयोर्कको प्राथमिक चुनावमा ट्रम्पका आलोचकको जित, माम्दानी सफल

न्युयोर्क राज्य सभाकी सदस्य क्लेयर भाल्डेजले ७औँ जिल्लाको प्राथमिक निर्वाचनमा ब्रुकलिन बरो अध्यक्ष एन्टोनियो रेनोसोलाई पराजित गरिन्। भाल्डेज पनि माम्दानी समर्थित उम्मेदवार हुन्। माम्दानीकी अर्की सहयोगी डारियालिजा एभिला चेभालियर १३औँ जिल्लाको निर्वाचनमा कडा प्रतिस्पर्धामा रहेकी छन्।

विश्लेषकहरूका अनुसार यी नतिजाहरूले डेमोक्रेटिक पार्टीभित्र समाजवादी विचारधाराको प्रभाव बढ्दै गएको सङ्केत गरेका छन्। हालसालै प्राप्त भइरहेका निर्वाचन परिणामहरूले यसको नेतृत्व माम्दानीजस्ता प्रगतिशील नेताहरूले गरिरहेको देखाएका छन्।





Source link

Leave a Comment