नेटो प्रमुख र युक्रेनी राष्ट्रपतिबीच भेट, अमेरिकी राष्ट्रपति ट्रम्पको शान्ति प्रयासलाई समर्थन



प्रकाशित मिति : बैशाख २, २०८२ मंगलबार

नेटो प्रमुख मार्क रुट्टेले युक्रेनको ओडेसा बन्दरगाह सहरमा आकस्मिक भ्रमण गरी युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेट गरेका छन् ।

उक्त भेटमा अमेरिकी नेतृत्वको युक्रेनमा युद्धविराम र दीर्घकालीन शान्तिको प्रयासबारे छलफल भएको हो । रुट्टेले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति प्रयासलाई समर्थन गर्दै रुसी आक्रमणको निन्दा गरे।

‘यी छलफलहरू सजिलो छैनन्, विशेष गरी हालैको भयानक हिंसापछि..। तर हामी सबै राष्ट्रपति ट्रम्पको शान्तिको प्रयासलाई समर्थन गर्छौं’, रुट्टेले भने।

नेटो प्रमुख र युक्रेनी राष्ट्रपतिबीच भेट, अमेरिकी राष्ट्रपति ट्रम्पको शान्ति प्रयासलाई समर्थन

नेटो प्रमुख र युक्रेनी राष्ट्रपतिबीच भेट, अमेरिकी राष्ट्रपति ट्रम्पको शान्ति प्रयासलाई समर्थन

यसैबीच, राष्ट्रपति जेलेन्स्कीले शान्ति सम्झौता भएमा रुसलाई पुनः आक्रमण गर्नबाट रोक्न विदेशी सैनिक टुकडीको प्रभावकारी तयारीमा जोड दिए।

‘बेलायत, फ्रान्स र अन्य नेटो देशहरूले युक्रेनमा सुरक्षा टुकडीको आधार तयार गरिरहेका छन्। यो प्रक्रियामा हामी सबै छिटो र प्रभावकारी हुनुपर्छ’, उनले भने।

जेलेन्स्कीले हालैका रुसी मिसाइल आक्रमणहरूले दर्जनौं नागरिकको ज्यान लिएको उल्लेख गर्दै हवाई रक्षा प्रणाली र मिसाइलको तत्काल आवश्यकता रहेको बताए।

‘युक्रेनको हवाई रक्षा प्रणालीको आवश्यकता सबैले स्पष्ट देखेका छन्। हामीले यसबारे धेरै छलफल गर्यौं’, उनले थपे।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School