अमेरिकी प्रतिनिधिसभाले वित्तिय सहयोग विधेयक पारित गर्यो , सरकार शटडाउनबाट जोगियो



प्रकाशित मिति : पुस ५, २०८१ शुक्रबार

अमेरिकी प्रतिनिधि सभाले सरकारलाई वित्तीय सहयोग गर्ने विधेयक पारित गरेको छ ।

विधेयक पारित भएसंगै अव सरकार शटडाउने हुने संभावना टरेको छ । विधेयक पारित नभएको भए मध्यरातीदेखि सरकार शटडाउनमा जाने संभावना बलियो थियो ।

अन्तिम मत परिणाममा विधेयकको पक्षमा ३६६ र विपक्षमा ३४ विपक्षमा मत परेको छ । एक जना सांसद तटस्थ थिए।

प्रतिनिधि सभामा मत परिणाम घोषणा हुनेबित्तिकै सांसदहरूले ताली बजाएर खुसी प्रकट गरेका थिए । यो विधेयक अझै सिनेटबाट पारित हुनु पर्नेछ । राष्ट्रपति जो बाइडेनले पनि यो विधेयकमा हस्ताक्षर गर्नु पर्नेछ।

यदि सरकार शटडाउनमा गएको भए डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका चार मध्ये झन्डै तीनजना कर्मचारीहरुले विना पेचेक काम जारी राख्न आवश्यक हुने थियो ।

अर्थात् झण्डै १ लाख ८५ हजार कर्मचारीहरुले तलब नपाएपनि काम गर्नुपर्ने अबस्था आउने थियो । जसमा कानून प्रवर्तन अधिकारीहरू, विश्लेषकहरू, अन्वेषकहरू र प्रकोप प्रतिक्रिया अधिकारीहरू लगायत छन् ।

त्यस्तै सिमानाको सुरक्षामा खटिनेहरु, गैरकानूनी रूपमा अमेरिकामा प्रवेश गरेका व्यक्तिहरूलाई प्रशोधन गर्ने, हिरासतमा राख्ने र हटाउने अधिकारीहरु, फेन्टानिल जस्ता अवैध लागूऔषध बरामद गर्नेहरु लगायतले पनि काम जारी राख्नु पर्ने अबस्था रहेको थियो ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School