इजलासमा बहस- अध्यादेशका भरमा संवैधानिक पदाधिकारी नियुक्त गर्न मिल्छ ?
३० माघ, काठमाडौं । बुधबार दिउँसो साढे १२ बजे । सर्वोच्च अदालतको मुल भवनको दोस्रो तलामा रहेको संवैधानिक इजलासमा पाँच जना न्यायाधीश र कानुन व्यवसायीहरू बसिरहेका थिए । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको दायाँपट्टी न्यायाधीश सपना प्रधान मल्ल मास्क लगाएर मुद्दाको मिसिल पढ्दै थिइन् । राउतको बाँयापट्टी मास्क लगाएर डा. मनोज शर्मा …