बोल्दाबोल्दै मानिसको मृत्यु किन हुन्छ ?
१४ कात्तिक, काठमाडौं । भैरहवाको व्यस्त सडकमा भिड जम्मा भएको थियो । नेपाल विद्युत् प्राधिकरणको कार्यालय अगाडि उद्योगी र मजदुरहरूको संयुक्त विरोध प्रदर्शन चलिरहेको थियो । ट्रंकलाइन विवादमा उद्योगहरूमा विद्युत् लाइन काटिएको विषयले आक्रोशित भएका प्रदर्शनकारीले नारा लगाउँदै सरकारी नीतिको विरोध गरिरहेका थिए । त्यही क्रममा नेकपा एमाले निकट मजदुर …