हरिद्वार अब हरितद्वार बन्न सकोस्
हामी हाम्रो धर्म तथा संस्कार पूर्णरूपमा पर्यावरणमैत्री छ भनी गर्व गर्छौं। मुक्कुमलुङ जस्तो डाँडा र खुवालुङ जस्तो ढुङ्गालाई पुज्छौँ। गाई, कुकुर, हात्ती, सर्प जस्ता जनावर; तुलसी, वरपीपल जस्ता वनस्पति; र बागमती, कालीगण्डकी, गङ्गा जस्ता नदीलाई पुज्छौँ। आस्थाको केन्द्र मानेर यस्ता स्थानको तीर्थयात्रामा निस्कन्छौँ। गङ्गा नदी माता हुन्, गङ्गामा स्नान गर्नाले …