अंगदाता खोज्दै हजारौं जीवन, अलपत्र मस्तिष्क मृत्यु कार्यक्रम
१३ असार, काठमाडौं । गुल्मीकी ३४ वर्षीया जमुना टण्डनको जीवन विगत ९ वर्षदेखि डायलिसिस मेसिनसँग जोडिएको छ । सातामा तीन दिन एकाबिहानै नेशनल किड्नी सेन्टर पुगेर डायलिसिस गराउनुपर्ने नियममा बाँधिएकी छिन् उनी । फागुन २०७३ मा जमुनाको मिर्गौला फेल भयो । त्यसयता उनी सोमबार, बुधबार र शुक्रबार ४ घण्टाको डायलिसिस …