त्यो दिन हँसाउन नसक्दा एन्जाइटी भयो, वानपिस लगाउन मन लागेन
‘नमस्कार । मेरो नाम सीता । घर चितवन । म मेरो नाम जस्तै शालीन छैन भाइ । हाहाहा..। नाम जस्तो भयो, त्यस्तै हुनुपर्छ ? सीता भन्नासाथ नम्र, भद्र, शालीन खालको भन्ने बुझिन्छ नि त हैन ? म कस्तो भने कोही सिरियस भइरहेका छन् भने म बीचमा प्वाक्क बोलिदिन्छु । कोही सेन्टी भइरहेको छ भने उल्टै उडाइदिन्छु । …