सौर्य एयरलाइन्स दुर्घटना प्रतिवेदन : कम्पनी, पाइलट र प्राधिकरणबाट गम्भीर लापरबाही
२ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नासाथ दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा वायुसेवा कम्पनी, पाइलट र नेपाल नागरिक उड्डयन प्राधिकरण तीनै पक्षको गम्भीर लापरबाही भएको निष्कर्ष निकालिएको छ । १ साउन २०८१ का दिन मर्मतका लागि पोखरा उडेको सौर्यको उक्त जहाज दुर्घटनामा १८ जनाको ज्यान गएको थियो । …