सिन्धुली नेकपामा भएको के हो ?
सिन्धुली निर्वाचन क्षेत्र नं. २ को उम्मेदवारी तथा म र महेश्वर दाहाललाई नेपाली कम्युनिस्ट पार्टीबाट गरिएको निष्कासनको विषय आज राष्ट्रिय बहसको केन्द्रमा पुगेको छ। सतहमा हेर्दा यो विषय उम्मेदवारी (टिकट) वितरणसँग मात्र सम्बन्धित देखिए पनि, यसको वास्तविक अन्तर्वस्तु पार्टी नेतृत्वको विचार, राजनीतिक दृष्टिकोण, निर्णय-प्रक्रिया, कार्यशैली र आचरणसँग प्रत्यक्ष रूपमा गाँसिएको …