भद्रकालीका पुरातात्विक सत्तलमा महानगरको बलमिच्याइँ
१ साउन, काठमाडौं । २७ असारमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले भद्रकाली (लुँमधि अजिमा) मन्दिरसँगैका सत्तलहरु पुनर्निर्माण गर्ने भन्दै शिलान्यास गरिन् । महानगरपालिकाले तुल्सी अम्बुजा जेभीलाई ३६ करोडमा ठेक्का समेत दिएर अहिलेको राणाकालीन सत्तल भत्काउने काम जारी छ । महानगरपालिकाले स्थानीय बासिन्दा, केही गुठीयारहरु, पुरातत्वविद्, संरक्षण अभियन्ता र पुरातत्व विभागकै …