नेपाली हुनु; एभरेष्ट बेसक्याम्प पनि नछुनु ?
३४ देश र ६ वटा महादेश घुम्दा विदेशी साथीहरूले सोधिरहने प्रश्न— ‘बधाई छ हिमालयका भाग्यमानी नागरिकको, सगरमाथा कति पटक चढ्यौ ?’ कतै अचेतनमा यो सवाल ननिदाई बस्यो । त्यसैबीच डेनी डेङ्जोङ्पाले बनाएको हिन्दी सिनेमा उचाइ हेर्न छोरी अश्रुताले सुझाइन् । जीवनसाथी यशोदालाई सुनाएँ । दुःखेका घँुडालाई फकाएँ र मन दह्रो …