संवैधानिक परिषद्सम्बन्धी विधेयक राष्ट्रपतिले गरे फिर्ता
८ साउन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि ) सम्बन्धी ऐन २०६६ लाई संसोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामै फिर्ता पठाएका छन् । राष्ट्रपति पौडेलका प्रेस सल्लाहाकार किरण पोखरेलले अनलाइनखबरलाई जानकारी दिएअनुसार पुनर्विचारका लागि विधेयक प्रतिनिधिसभामै फिर्ता पठाइएको हो । उक्त संशोधन संविधानको मर्म र …