जेनजी आन्दोलन, संवैधानिक रिक्तता र सरकारको दायित्व
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की पूर्वजिम्मेवारीको हिसाबले सरकारको नेतृत्व गर्न योग्य र सक्षम पात्र हुन् । तर, कानुनी र संवैधानिक व्यवस्थाले उनी यो संविधान रहेसम्म प्रधानमन्त्री बन्नका लागि अवरोध देखिन्छ । आन्दोलनले सडकबाटै घोषणा गरेर पदासीन गराएको भए वर्तमान संविधान बाहिरबाट पुन: अर्को संविधान पुनर्लेखन गर्ने हदसम्म जनभावनाको उपलब्धिमा नेतृत्वका लागि अनुकुल …