बीआरआई कार्यान्वयन योजनाबारे कार्यदलमा सहमति, अन्तिम निर्णय ओली-देउवालाई
१० मंसिर, काठमाडौं । बीआरआई कार्यान्वयन योजनामा चीनले प्रस्ताव गरेको मस्यौदालाई समीक्षा गरी नेपालले प्रस्तुत गर्ने प्रस्ताव तयार भएको छ । नेपाल सरकारले चीनको प्रस्तावलाई शब्द–शब्द अध्ययन गरी समीक्षा र परिमार्जन गर्न नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र विकास सल्लाहकार डा. युवराज खतिवडा सम्मिलित …