द्वन्द्वदेखि शान्तिकालसम्म माओवादी वरिपरि घुमेको शेरादरबार विवाद
१७ पुस, काठमाडौं । नुवाकोटको अठारौं शताब्दीकालीन एउटा दरबार, जसको अनधिकृत भोगचलनसँग जोडिएको प्रकरणमा गणतन्त्रको आन्दोलन चलाउने माओवादीको उच्च नेतृत्व ठोकिन्छ । शेरादरबार क्षेत्रमा अचेल कुनै बनिबनाउँ दरबार छैन, बरु प्रयोजनविपरीत भोगचलन गरिएको खेत र केही संरचना छन् । जिल्लाको बिदुर नगरपालिका–३ मा रहेको यही शेरादरबार क्षेत्रमा तत्कालीन सशस्त्र विद्रोही …