उमेर नपुग्दैको शारीरिक सम्बन्धले जेलमा : रोमियो जूलियट कानुनको खोजी
१८ साउन, काठमाडौं । सप्तरीको विस्नु गाउँपालिका–१ का सन्तोषकुमार यादव र छिमेकी संगीता एक वर्षदेखि प्रेम सम्बन्धमा थिए । तर, जातीय कारणले दुई बीचको सम्बन्ध विवाहमा परिणत गर्न परिवार बाधक बन्ने स्थिति उनीहरूले देखे । अनि निष्कर्ष निकाले, ‘आफैं भागेर नगएसम्म प्रेम सफल हुँदैन ।’ ८ फागुन २०७२ दिउँसो १ …