जाजरकोट र मेलम्चीले देखाउँदैछन् हाम्रो विकासको छिद्र
२०६६ सालमा तुहिएको मनसुनी वर्षा बीच मध्यपश्चिमका दुर्गम पहाडी जिल्लामा देखा परेको झाडापखाला महामारीले त्यस क्षेत्रको दर्दनाक सामाजिक–आर्थिक परिस्थितिको उजागर त गरेकै थियो । यसले नेपाली राजनीति र विकास नीतिमाथि पनि कटु व्यङ्ग्य गर्न पुगेको छ । २१औं शताब्दीमा लोकतान्त्रिक सरकारको रोहवरमा सयौं नागरिकले झाडापखालाको महामारीबाट ज्यान गुमाउनु भनेको सभ्य …