विवाहका कारण करमा विभेद किन ?
कर न्याय अर्थात् नागरिकलाई निष्पक्ष, समतामूलक र आर्थिक क्षमताका आधारमा कर लगाउने भन्ने कुरा कर प्रणालीको एक प्रमुख सिद्धान्त हो। यसको मतलब कसैलाई पनि उसको सापेक्षिक क्षमताभन्दा बढी करको भार बोक्न बाध्य बनाउन हुँदैन। तर नेपालको आयकर प्रणालीले यो सिद्धान्तको खिल्ली उडाएको छ। सर्वप्रथम, नेपालीहरू विश्वमै सबैभन्दा बढी करको भार बोक्ने नागरिकमध्ये पर्छन्। कुल गार्हस्थ्य उत्पादनको अनुपातमा हेर्ने …