राजनीतिमा फर्कन विद्याले दिएका ५ कारण, जुन ओलीकै अगाडि सुनाउन चाहन्थिन्
१४ असार, काठमाडौं । लामो समयदेखिको चर्चा र चासोबीच पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार राजनीतिक पुनरागमनको घोषणा गरेकी छिन् । राष्ट्रपतिको पदमा पुगेकाहरू राजनीतिमा फर्कन हुने वा नहुने चर्चाकाबीच भण्डारीले शनिबार एक विशेष अवसर पारेर राजनीतिको नयाँ मोड घोषणा गरेकी हुन् । शनिबार स्व. मदन भण्डारीको ७४ औं जन्मदिन हो । …