विदेशी मुद्रा सञ्चिति विकासमा सिधै किन खर्च गर्न सकिंदैन ?
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार अहिले नेपालको विदेशी मुद्राको सञ्चिति करिब २१ अर्ब अमेरिकी डलर (करिब साढे ३० खर्ब नेपाली रुपैयाँ) नाघेको छ। यो भनेको करिब १७ महिना बराबरको आयात धान्ने सञ्चिति हो। सञ्चितिको यो अवस्थालाई विभिन्न पत्रपत्रिकामा (अझ भन्ने हो भने सोसल मिडियामा) देशको सुध्रिएको आर्थिक अवस्थाको रूपमा चित्रित …