वैकल्पिक वित्त: पूर्वाधार र विकास वित्तमा पार्ने दूरगामी प्रभाव
नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ३१ असार सोमबार कार्यभार सम्हाल्दै आफ्नो पहिलो निर्णयको रूपमा वैकल्पिक वित्त सम्बन्धी कार्यविधि स्वीकृत गरेका छन् । हुनत प्रत्येक मन्त्रीहरूले कार्यभार सम्हाल्दै केही न केही निर्णय त गरेकै छन् । देशको सरकारी वित्तले मात्र पूर्वाधार विकास हुन नसकिरहेको विद्यमान अवस्थामा विश्वव्यापी रूपमा विकास वित्तमा …