दिनभरको तनावपछि लेखा समितिको निर्णय- पोखरा विमानस्थलको भ्रष्टाचारमाथि अनुसन्धान गर्नू
७ जेठ, काठमाडौं । दिनभरजसो सांसदहरूको नोकझोक र विवादपछि अन्ततः संसद्को सार्वजनिक लेखा समितिले पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार भएको निष्कर्षसहित अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिने निर्णय गरेको छ । करिब साढे ४ घन्टा लामो छलफलपछि लेखा समितिका सभापति ऋषिकेश पोखरेलले राजेन्द्र लिङ्देन नेतृत्वको उपसमितिको प्रतिवेदन पारित भएको …