रेस्टुरेन्ट सञ्चालकले युवती र भगौडा प्रहरी प्रयोग गरेर दोस्रो प्रयासमा लुटेका थिए सुन
२७ फागनु, काठमाडौं । दुबईबाट आएको आधा किलो सुन दोस्रो प्रयासमा लुटिएको खुलेको छ । दुबईबाट तस्करी गरेर सुन पठाउने व्यक्ति, बोकेर ल्याउने भरिया र सुनकाबारेमा जानकार भएका व्यक्तिले दोस्रो प्रयासमा सुन लुटेको प्रहरी अनुसन्धानको निष्कर्ष छ । प्रहरीको अनुसन्धान रिपोर्टअनुसार यो सुन लुटपाटका मुख्य योजनाकार हरिबहादुर लामा हुन् । …