लाइसेन्स खारेज गर्नुपर्ने डाक्टरलाई जोगाउने मेडिकल काउन्सिलको खेल
२२ पुस, काठमाडौं । ४ जेठ २०७९। त्यो दिन सीता (परिवर्तित नाम) को जीवनमा एउटा गहिरो दाग लाग्यो। कोठा, जहाँ उनी आफूलाई सुरक्षित ठान्थिन्; त्यहीं उनको अस्मितामाथि प्रहार भयो। त्यो पनि सिकिस्त बिरामी भएको अवस्थामा । सीता ज्वरोले लखतरान थिइन्। खाना खान पनि मुस्किल भइरहेको थियो। यस्तो अवस्थामा, जब उनी …