रुवी भ्याली यात्राका यादहरू
गणेश हिमालका लहरै उभिएर खासखुस गरिरहे जस्ता स्निग्ध श्वेत आकृति ! ठिक त्यसैको तलतिर तिप्लिङ, लापा र सेर्तुङका थुम, थुममा झुरुप्प–झुरुप्प बस्तीहरू। हिमालबाट तलतिर विश्व तापमानका कोपभाजनमा परेर क्षयीकरण भएका अनेक आकृति बन्दै गरेका अवशिष्ट चुचुराहरू जसका थाप्लामा मजेत्रो गुथे जस्ता सेताम्मे हिमरेखाहरू छन्। हिमरेखाहरू उचालिंदै गएपछि उजाडिंदै गएका ढुङ्गेनी …