रास्वपा नेतृ सुमना श्रेष्ठले किन दिइन् राजीनामा ?
४ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् सुमना श्रेष्ठ खासमा ६ महिनाअघि नै सहमहामन्त्री पदबाट राजीनामा दिन चाहन्थिन् । निकटस्थहरूसँग छलफल गरिसकेकी थिइन्, आगामी महाधिवेशनमा समेत पदाधिकारीमा नलड्ने घोषणा गर्ने तयारी थियो । तर, त्यही बेला पार्टीमा ‘आपत’ आइलाग्यो, संसदीय समितिको प्रतिवेदनको कार्यान्वयन गर्ने निर्णयपछि प्रहरीले २ …