सतर्कता केन्द्रलाई बलियो बनाउन राजनीतिक अरुचि
२८ साउन, काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रलाई पुनर्संरचना गर्दै थप अधिकारसम्पन्न बनाउने योजना अलपत्र परेको छ । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खोसिएको ‘अनुचित कार्य’ हेर्ने जिम्मा सतर्कता केन्द्रलाई दिने गरी नयाँ कानुन बनाउन गृहकार्य गरेपनि अझै टुंगो लगाएको छैन । सरकारी तथा सार्वजनिक लाभका पदमा बसेकाहरुले अधिकारभित्रको काम नगरे, …