मेरै काखमा बाको अन्तिम श्वास
तिथिले मेरो जन्मदिन मतैया पर्वको भोलिपल्ट पर्छ। पछिल्ला वर्षहरूमा मलाई आफ्नो जन्मदिनमा पनि खासै रौनक लाग्न छाडेको छ। अचेल मेरो जन्मदिवस खासै उत्सव जसरी म मनाउँदिनँ। जनैपूर्णिमाको भोलिपल्ट गाईजात्रा। गाईजात्राको भोलिपल्ट मतैया पर्व। मतैया पर्वमा ललितपुरभरि मेला लाग्छ। घरघरमा चेलीबेटी, आफन्तहरू जम्मा हुन्छन्। २०६६ सालको मतैया पर्वका दिनमा पनि हामी …