एरिका र राजा त्रिभुवन
जहानियाँ राणा शासकले नेपाली जनतालाई मात्रै नागरिक तथा मानवअधिकारबाट वञ्चित गराएको होइन वैधानिक राजालाई समेत राजदरबारमा बन्दी सरह बनाएर राखेका थिए। राणा प्रधानमन्त्रीको अनुमति विना राजा त्रिभुवनलाई नारायणहिटी दरबारको चौघेरा बाहिर निस्कन वर्जित थियो। कारणवश अनुमति लिएर बाहिर निस्कँदा समेत उनको गतिविधिको सुराकी तथा नियन्त्रणका लागि राणाका सैनिक अफिसरलाई साथ …