खुल्लमखुला राजनीतिक संरक्षणले मौलाएको भ्रष्टाचार
नेपालको संविधान अनुसार राजनीतिक, प्रशासनिक, न्यायिक, सामाजिक लगायत सबै क्षेत्रको भ्रष्टाचार र अनियमितता नियन्त्रणका लागि संवैधानिक आयोगको रूपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको व्यवस्था गरिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन र भ्रष्टाचार निवारण ऐन लगायतका थुप्रै कानुनी व्यवस्थाहरू कार्यान्वयनमा छन्। संसदीय समिति, महालेखा नियन्त्रक, राष्ट्रिय सतर्कता केन्द्र, सार्वजनिक खरिद अनुगमन …