‘सासै फेर्न नसकेर ढलें, होसमा आउँदा देब्रे हात काटिएको रहेछ’
भदौ २४ को जेनजी आन्दोलनका कारण घर आगलागी हुँदा रविलक्ष्मी चित्रकार गम्भीर घाइते भइन् । संक्रमण फैलिंदै जाँदा उनको देब्रे हात काट्नुपर्यो । कीर्तिपुर अस्पतालमा उपचार गरिरहँदा निमोनिया समेत भयो । त्यसपछि उनलाई थप उपचारका लागि भारतको एपोलो अस्पताल लगियो । लामो समयको उपचारपछि अहिले चित्रकार नेपाल फर्किएकी छिन् । …