९ मिनेटको मैथिल भाषण बन्यो चुनाव जित्ने मन्त्र, डिजे धुनदेखि बिहेसम्म
विवाह मण्डप सजिएको छ, बेहुला-बेहुली एकअर्कालाई वरमाला लगाइरहेका छन्। वरमालामा झुण्डिएको छन् घण्टीहरू । जब माला लगाइन्छ, छेउकै कसैले त्यो घण्टी बजाइदिन्छन्। पृष्ठभूमिमा घन्किरहेको हुन्छ एउटा लोकभाकाको चुनावी गीत– पहिले दोसर पार्टीके देहलख हा भोट,अब घण्टी आगइल, मत कर चोट…नयाँ घण्टी से देश सुधरी, पूरनका से का भइल! काम विवाहको …