सुन्दरपुर बस्तीमा सुन्दर छैन मुसहरको जीवन
३० असोज, जनकपुरधाम । सोमबार दिउँसो सुन्दरपुरको मुसहर बस्तीमा च्यातिएको त्रिपालको झुप्रोअगाडि फुसफुसाउँदै थिए, ३७ वर्षीय चन्दे सदा । सिरहाको कर्जन्हा नगरपालिका–३ सुन्दरपुरका चन्देको जस्तो ओत लाग्ने झुत्रो टहरो छ, त्यस्तै उनले लगाएको मैलो फोहोर लुगा । बर्बराइरहेका चन्दे रक्सीमा लठ्ठिएका थिए । छिमेकको दैलोमा गुच्चा खेल्दै बालबालिकासँग रमाउँदै थिए …