पाथीभरामा तीन दशकअघि नै केबलकार बनाउने योजना अहिले किन विवादमा ?
१७ माघ, विराटनगर । ताप्लेजुङको पाथीभरा मन्दिरनेर केबलकार बनाउने योजना तीन दशकअघि नै बनेको थियो, जसलाई मूर्तरुप दिने तयारी थालिनासाथ विवाद सुरु भएको छ । कोशी प्रदेश नामकरणसँग विरोध जनाइरहेको पहिचानवादी समूहले यसलाई अगुवाई गरिरहेको छ । पाथीभरा मन्दिरसम्म पुग्ने केबलकार निर्माणको विषयलाई लिएर गत शनिबार ‘नो केबलकार’ पक्षधर र …