‘सी इज बेटर द्यान मेन !’
झिसमिसेमै आँखा उघारेपछि सररर सामाजिक सञ्जालमा आँखा दौडाउने बानीलाई निरन्तरता दिँदै बिहान ५ बजेतिर ‘एक्स’ खोलेँ। राजनीतिज्ञ तथा भारतका लागि पूर्वराजदूत नीलाम्बर आचार्यको पोस्ट थियो: ‘निद्रा आएन। मीना आचार्यको सम्झना आइरह्यो। कोही बित्दा मन किन यसरी रुन्छ? मीना आचार्यसँग मेरो लामो मित्रता थियो, विद्यार्थीकालदेखिको। हामीले देशबारे निकै बहस गर्यौँ। देशको …